आज फेरि छालसंगै खेलियो
“इरी” हुँदैकोशी, बाग्मतीमा
मन यो बहकियो
पानीसँगै माया
मुटुभरि छछल्कियो ।
खै किन हो किन
पानीमा नै मन बहकियो
परपरसम्म आँखाले भ्याएसम्म
पानी नै हेरौँ लाग्यो
त्यो नि लोवाकालो जे होस
शान्त वा उर्लदो भेल वा छाल
खै कि नहो त्यसै त्यसै मन पर्यो
पानीमा नै मन बहकियो
माछा र हाँस सँगै खेल्दै
पुरै यौवन भिजाउँदै
जिस्कदै, नाच्दै
पानीमा दगुर्ने मन गर्यो
सेता खैरा झुण्ड झुण्डमा उड्ने
पानी चरीमै मन उडिगयो
स–साना बालबालिका हुँदै
नव युवा भई
पानीमै रम्ने मन गर्यो
यो मन “इरी” मै बहकियो ।
चिसो चिसो उत्तरी हावासँगै
म मस्त पानीमा
पानीको लहर हेर्दै ।
यो मन लहरियो
त्यसै त्यसै खै कताकता
यो मन काउकुतियों
यो मन “इरी” मै बहकियो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
