दोष त सबै पेटको हो
आँखा, नाक, कान, जिभ्रो र छालाको हो
हड्डी, रौँ, रगत, गिदी, माथिङ्गलको हो
विचरा, निर्दोषी आत्मा तउडेर गैजान्छ
अनि यही पापी
दोषी शरीर—चिताको बडेमानको ठेउकोलाई
ब्रह्मनालमा तेर्साइन्छ
मुक्ति, शुद्धि र स्वस्तिको लागि
आखिर केका लागि ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
