सुशील बस्याल

बालबालिका सडकमा सुत्नु परेको छ
टुहुरो बनी अर्काको घरमा काम गर्न परेको छ
अपहेलित भै काम गर्न बाध्य
हेर्नुस् हजूर, निर्दोष बालबालिकामाथि अत्याचार भएको छ ।

पहुँचवाला जबर्जस्ती काममा लगाउँछन्
काममा केही गल्ती भए सजाय दिलाउँछन्
फकाई फकाई काम गराउँछन्
त्यसैले त निर्दोषहरूमाथि अत्याचार भएको छ ।

शारीरिक यातना र मानसिक तनाव सबै सहेका छन्
अधिकारका नियम सबै कागजमा सीमित रहेका छन्
बालबालिका सडकमै रात गुजार्न बाध्य छन्
हेर्नुस्त हजूर, निर्दोष बालबालिकामाथि कति अत्याचार भएको छ!

मौन बस्न थाले संघ संगठन पनि
भन्न डराउँछन् कर्मचारी जबर्जस्ती गरेको देख्दा पनि
अन्याय अत्याचार सहन बाध्य छन्
त्यसैले त निर्दोष बालबालिकामाथि अत्याचार भएको छ ।

बालअधिकार राजनैतिक विषय भएको छ
संस्थाको काम कर्तव्य हात्ती देखाउने दाँत भएको छ
गरिबीले छट्पटिँदा जे गर्न पनि तयार छन्
त्यसैले त निर्दोष बालअधिकार नै अत्याचारमा परेको छ ।

सभ्य समाजको निर्माण गर्न प्रयास भएन
हिंसा अत्याचार शोषण कम हुन सकेन
बालबालिकाले टुहुरो उपनाम पाएका छन्
त्यसैले निर्दोष बालबालिकामाथि अत्याचार भएको छ ।

हेपिएर भाँडा माझी बस्छन्, दुःख पाएर
गर्जो टार्ने गर्छन् दिनदिन बस ठटाएर
निर्दोष हुँदा पनि सजय भोग्या छन्
त्यसैले निर्दोष बालबालिकामाथि अत्याचार भएको छ ।

देशका धेरै ठाउँमा बालमैत्री घोषणा भएको छ
सडक बालबालिका मुक्त देश बनाउने खबर आएको छ
बालअधिकारको हनन भएको छ
त्यसैले निर्दोष बालबालिकामाथि अत्याचार भएको छ ।
सुशील बस्याल
बगनासकाली ८ बराङ्दी बेलौतिखरक