मन थियो बोल्ने,मनका कुरा खोल्ने
सम्झेँ नबोल्नु नै ठीक, कुरा नखोल्नु नै ठीक ।
फेरि गमे नबोलेमा कसले थाहा पाउला ?
मनका कुरा नखोलेमा कसले भेउ पाउला ?
के थाहा सहृदयी कतै मिल्ने हो कि?
हिँड्दा हिँड्दै पाइतालामा पंख खुल्ने हो कि ?
अन्तर्यामि मनोवेत्ता जोडिन नि सक्छ
मनका गुप्ति एक पलकमा खोलिदिन सक्छ ।
फेरि सम्झे सात अरबका आफ्ना आफ्ना जपना
मनभित्र फुलेका ति मखमली सपना
कति मर्छन नजन्मदै,कति कुल्चिइन्छन
चुडिन्छन ती कोपिलामा ,बाँकीमात्र फुल्छन
मादकता तिनमा कति, कति छ सुवास
यसैमा त तोकिन्छ नि तिनको दाम खास ।
निष्कर्ष यो निकालियो मैले बोल्नै पर्छ
अन्तर कुन्तर केही नराखि सबै खोल्न पर्छ
तोडन पर्छ भ्रमको त्यो आडम्बरी चाल
आफैँ मैले बनाउनुछ अकबरी माल
म आफैं बन्नुपर्छ सत्यताको ढाल ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
