
भूपिन
उजेली गाउँकी हे चरी मेरो गाउँ किन अँधेरी
पानीको मूल एउटै हो जुम्ल्याहा किन पँधेरी
खोलामा बग्ने पानी र नालामा बग्ने पानी उइ
कसरी हुन्छ अशुद्ध धारामा खस्ने पानी उइ
एउटै पेटमा हुर्केका जुम्ल्याहा सन्तान जन्मिँदा
कसरी हुन्छन् छुत र अछुत तिनी आमा उइ
तिमीले उड्ने आकाशमा लगन मलाई भँगेरी
उजेली गाउँकी हे चरी मेरो गाउँ किन अँधेरी
यौटै हो तिम्रो गाउँमा झैँ मानिस उड्ने आकाश
जीवनको गरागरामा फिँजियोस् यौटै प्रकाश
मलाई उड्ने पङ्ख देऊ म उड्छु पाखापखेरी
फेरिन्न जीवन कसैको यो गाउँको रङ्ग नफेरी
गाउँको नाम फेर्नलाई म भएँ अब अटेरी
उजेली गाउँकी हे चरी मेरो गाउँ किन अँधेरी।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
