अक्सर सोध्ने गथ्र्यौ तिमी
ससांर यो कस्तो लाग्छ ?
हाँसी हाँसी भनिदिन्थेँ
साह्रै राम्रो जस्तो लाग्छ ।

आज मेरा सोचाई सबै
गलत सिद्ध भए
मेरा आफ्ना लक्ष्य अनि
इच्छाहरू रद्द भए ।

सोचे जति गर्न पनि
नसकिने रै छ यहाँ
खोजे जति कुरा पनि
नपाइने रै छ यहाँ ।

त्यसैले त आजभोलि
जिन्दगानी साह्रो लाग्छ
हाँस्न खेल्न परै जाओस
सासै फेर्न गाह्रो लाग्छ ।

देख्नुपर्ने जति कुरा
सकिएन देख्न पनि
लेख्नुपर्ने जति कुरा
सकिएन लेख्न पनि ।

त्यसैले त आजभोलि
तिम्रो प्रश्न गाह्रो लाग्छ
के उत्तर दिनु मैले
साह्रै अप्ठेरो लाग्छ ।