बढ्यो घरबन्दी अझ बढ्यो
घट्यो धैर्य जनका झन् घट्यो
हरायो उपाय अरु विकल्पको
भएन व्यवस्था अझै क्वारिन्टीनको
रोकिन्न लर्को हेर घर फिर्तीको
पुगेन उपचार बेलैमा बरा तिनको
अस्पतल भर्ना हुन भो कठीन कस्तो
मरेपछि, शव उठ्न त झनै गाह्रो
किन यस्तो दिन हामीले देख्न परेको ?
‘एक थुकी सुकी, हजार थुकी नदी’
खोई सबले सम्झेको
काम हैन,
मुखैमा गाली किन हो झुण्डेको ?
एक एक सब जान्ने
जो कोही विशेषज्ञ हुन थालेको
थामी नसक्नु
लर्को कति हो अर्ति उपदेशको
नदेख्ने रहेछन् क्या
तिनले आफ्नै धोती खुस्केको ।
आफ्नैलाई नलागी
नखुल्दो रहेछ ढोका चेतको
बेवास्ता गर्छौ अहिले
भरे देखिन्छ ताईं मैहुँ भन्नेको
खति रोकिन्न
अझै दुःख देख्नु छ दुनियाँको
लौ अब
स्वीकारौं यथार्थ आजको
हटाऔं सब डर मन भित्रको ।
यत्रतत्र देखिन्छ सबलाई हतारो
ठाउँ कुठाउँ हान्नै पर्ने रे झटारो
सके फैलाउ हात सहयोगको
नसके रोक्ने होकी
ट्याउँ ट्याउँ चोथाले मुखको ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

