मौसम आफ्नै स्वरुपमा दौडिरहेछ
बतास चलिरहेछ निरन्तर
हाँगा भाँचिएकै छन्
पात पतिङगर उडिरहेछन्
खै के हुने हो ?

एक हुल मान्छेहरू
गन्तव्यहीन यात्री बनेर
लक्ष्यविहीन यात्रामा भौतारिए रहेछन्
स्तब्ध, निःशब्द छन्
खै कुन मोड लिने हो ?

अर्को हुल मान्छेहरू
उठाइ रहेछन् मुट्ठी,बढाइ रहेछन् ढुकढुकी
चालिरहेछन् पाइलाहरू
खोजिरहेछन् गन्तव्य
खै कुन उत्कर्समा पुग्ने हुन्

हो ! त्यसैले त भन्या
हेरौ ! ध्यान दृष्टिले हेरौँ
ठूला ठूला महलमा बस्नेहरूलाई मात्र हैन
तारा झुपडीमा बस्नेहरूलाई पनि हेरौं

हुने खानेहरूलाई मात्र होइन
हुँदा खानेहरूलाई पनि हेरौँ
चिल्ला गाडीमा घुम्नेहरूलाई मात्र होइन
भीर पखेरामा लड्नेहरूलाई पनि हेरौँ
विदेशीको चालमात्र होइन
स्वदेशको माटोलाइ पनि हेरौं

हो अब त दिव्य दृष्टिले हेराँै
प्रतिशोधले होइन न्याय
र समानताकै बीचबाटै हेरौँ ।