
बसुन्धरा शर्मा
मेरा कल्पनाका रहरहरु
जन्मिदै
अनि समयको गतिसँगै
लहराउँदै गए
तिनै रहरले मलाई
कहिले
क्षितिज पारि त
कहिले
गन्तव्यविहीन बनाइदिए
र पनि
म हारिनँ
समय बित्तै जाँदा
म भित्रका ती रहरहरु
अझै थपिंदै र झाँगिदै गए
तिनै रहर मेटाउन रहरले
कहिले गहिरो सागरभित्र डुबेँ
कहिले गगन चुम्न पुगेँ त
कहिले हराउँदै रहेँ
पुग्नु त थियो कहाँ कहाँ
लक्ष्य बिनाका तिनै रहरमा
वर्षौं अल्मलिइरहेँ
झल्याँस्स ब्युँझदा थाहा पाएँ
ती रहर त मलाई सताउने
अनि भुलाउने
मात्र मृगतृष्णा रहेछन्
मात्र मृगतृष्णा
भक्तपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
