सोच सुन्य भाव शून्य
शून्यतामै बिलाएको मान्छे
पुन स्वचालित भएर फर्कनुमा
गौरब छैन
जे छ जस्तो छ
कसैले नखोजी दिनु सम्झनाको
बादलमा उडेर
पुन नजगाउनु झूठो आडम्बरी ओडेर
यो दुनियाँमा जाग्नु छैन
धेरै जागिसकें आफन्तको खोजीमा
दिनरात बिताएँ आफन्तको माझमा
नाम्लोमा जोगो थाप्दै कर्तव्यको भारी
२,४,६ गर्दै संख्या जोड्दै गएँ
आफन्तको संजाल भावनाका महलहरू
सकाम सोचले तान्दै लग्यो हराभरा वृक्षहरू
हो बाँचेको थिएँ सपनाको नगरीमा
हेर्दै रमाएको थिएँ तेरो मेरोमा
जोड़ घटाउमा जीवन नाप्दै बसेँ
सपनाको परिवेशले लख्ट्दै लग्यो
कठपुतली जीवन चक्रहरू
समयको अन्तरालमा
पुराना अनुहार बिलाउँदै गयो
एक पछि अर्को नयाँ थपिदै गयो
आखिरी बिलाउनु र पलाउनु नै त रहेछ
जीवनका परिवेशहरू
क्षितिजको घाम जस्तै



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
