हिमाल हाँसेको छ, पहाड ढकमक्क
पशुपंक्षी मख्ख छन् मान्छे अकमक्क ।
जताततै हरियाली, हावा छ स्वच्छन्द
अरु सबै भयमुक्त, मान्छे आफैँ बन्द ।
देखिँदैन आकार त्यसको, साह्रै नै छ सूक्ष्म
भयाक्रान्त बनाइदियो, बाण यसको तीक्ष्ण ।
शत्रु यसका मान्छे मात्रै, ताकीताकी शिकार
पार पाउन गाह्रो छ कि, मान्छेको छ चित्कार ।
धन ठूलो कि जीवन हो, अझै द्विविधामा
अर्कमण्य मान्छे हुँदा यो झन् सुविधामा ।
आइसक्यो नजिक धेरै समय पो कम छ
पृथ्वीको असल सन्तान हुन सबलाई मन छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
