वेदना पनि सुनाउँ कसलाईं बुझ्ने को छ र यहाँ
दैव पनि निष्ठुरी रैछ नभन्नु कसैलाईं पुजिन्छन् जहाँ तहाँ
खुसी भन्ने शब्द खोई पराइ झैँ भयो
सपना पनि नमीठो नै आउँछन् मेरो के गल्ती रह्यो
भाग्य के भग्नावशेष बनायो, कर्मले कठपुतली झैँ नचायो
मर्दै बाँच्नुको पीडामा दैव किन खुसी भै काललाई पराइ बनायो
रहर थियो मलाई पनि होस अनेकौँ खुसी उमङ्ग
आँखा पनि नखोलिने भयो अब देख्दा जिन्दगी भङ्ग ।
झापा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
