म-
खुशी थिएँ
थ्याङ्क गड
एक पटक
मनमनै
भगवानलाई
धन्यवाद दिएँ ।

कुरो बुझ्यौ नि !
छेउमै बसेकी
मेरी पियारीलाई
सँगसँगै बाँचेको
खुशियालीमा
एउटा
खुशीको ट्रिट
खुवाउने मेसो
सुझाउँदै थिएँ ।

सडकमा हल्ला
बेजोड थियो,
घर घरबाट
मान्छे निस्कने
हतारोमा थिए,
कोही
गाडी चढ्दै थिए,
र, कोही झर्दै…

उही भीड
उही खचाखच
कसैलाई कसैको
मतलब थिएन,
सबै-
आ-आफ्नै तालमा
यतिसम्म कि
हिजोको त्यो दिन
सम्झने त्यहाँ
कसैलाई फुर्सदसम्म थिएन

सबै उस्तै
उही रत्नपार्क
उही घण्टाघर
उही असन
उही इन्द्रचोक
बद्लिएछ त
केवल-
नयाँ साल ।