नवराज कार्की
कस्तो अटेरी माग्ने
टेर्दै नटेरी माग्ने
पटक पटक धकेल्दा
दुत्कारिँदा नभाग्ने !
जुठोपुरा कसैको
घिनै नमानी थाप्ने
घर-घर घुमेर माग्ने
थर-थर भएर माग्ने
जति दिउँ जड्यौरी
नाङ्गै छ त्यो नढाक्ने !
झण्डा लिएरै माग्ने
धन्दा भनेकै माग्ने
क्या- मृत चेतना हो
कहिल्यै पनि नजाग्ने ?
साँढे भनूँ कि गोरू
नाघेर बार खाने
हजारबार जाने
सधैँ अरूकै दाग्ने !
बानी परेको थाङ्ने !
यता ठटाए भाग्यो
उता धपाए फर्क्यो
हिजो कुटेको बिर्स्यो
थाक्दा पनि नथाक्ने ?
लौ, सक्किएँ मरेँ
म दिऊँ त हुँदै भएन
जित्ने हुती रहेन
अरू बसेकै ताक्ने ?
पछुवा छँदा नि ठग्ने
अगुवा हुँदा नि हग्ने छि !
फोहरी अघोरी
सुन्दा नि लाज लाग्ने !
कस्तो अटेरी माग्ने !
झण्डा लिएरै माग्ने
धन्दा भनेकै माग्ने
क्या- मृत चेतना हो
कहिल्यै पनि नजाग्ने ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
