सहदेव गौतम (ओदालगुडी)

ज्ञानको मुहान
साथै नरककुण्ड एकैठाउँ
हर्ष वा विषादले पक्का घेर्छ
जब घण्टि बज्ने गर्छ,
दिन-रात समान्तराल
सबै सबै निशाचर ।
अमानुषका शिकार बने
ती कलिला किशोर-किशोरी
‘विज्ञान वरदान वा अभिषाप ?’
दुबैको प्रत्यक्ष प्रमाण ।
तेस्रो विश्वयुद्धको प्रधान कारक
खै के पो फरक रह्यो र
कोरोना भाइरस
र मोबाइलमा ।