
तिमीलाई मन पराएर, तिमीमै संसार देखे
तिमी हाँस्दा म पनि हाँसेँ, तिमी रुँदा म पनि टुटेँ
तर समयको चाल बेग्लै हुँदोरहेछ
मायाले जित्छ भन्ने झुटो हुँदो रहेछ
तिमी बदलिदै गयौ म उही रहिरहेँ
तिम्रो नजरमा ओझेल परेँ, म आफैँ हराइरहेँ
सन्देशहरू बेउत्तर छन्, मौनता मात्रै बाँकी
यो मन छ रित्तो, तिमी त भरिन कसम खाकी
सोध्न मन थियो, के म तिमीलाई बोझ भएँ ?
कि माया नै बोझ हुँदो रै’छ ?
तर, ल ठिकै छ, तिमी बाँच आफ्नै तरिकाले
म टाढिन्छु, तिम्रो खुसीमा आँशू लुकाउँदै
तिमीलाई अफ्ठयारो पार्न चाहन्नँ
तिम्रा बाटाहरू अवरोध पार्न चाहन्नँ
यदि म टाढा हुँदा तिमी मुस्कुराउँछौ भने
म टुटेर पनि तिमीलाई बिर्सने प्रयत्न गर्नेछु
माया मार्ने होइन, म मर्ने पनि होइन
बस्, तिमीलाई थाहा नदिई बाँच्नेछु
तिम्रो दुःखसुखमा परछाया बनेर
तिमीलाई थाहा नदिई माया गरिरहने छु ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
