
अब तिम्रो नजरमा
म पुरानो कथाजस्तै
शब्दहरू छन्
तर भावना छैन केही कतै
माया थियो कि
सम्झौता मात्र थियो?
तिमी नजिक त छौं
तर आत्मा किन अलग भयो?
बोल्नै खोज्दैनौं तिमी
म भने हौसिन्छु सधैँ
भावनाहरू छन्
तर ती रङ्गीन याद छैनन् कतै
लौ भन त प्रिय
यो भ्रम हो कि हकिकत कति?
म पग्लिदै छु औधी
तिमीले दन्काएको मैन जति
अचेल हाम्रो कुरा आफ्नै मनमै राख्छौं
म जति नजिक आउँछु
त्यति नै तिमी पर-पर भाग्छौ
कुनै बेला मेरो आवाज नसुनी ननिदाउने तिमी
आजकल कतिबेला सुत्छौं ?
कतिबेला जाग्छौं ?
यदि अब म तिम्रो संसारको हिस्सा हैन भने
खुला दिलले भनिदेऊ प्रिय, म बिर्सिन सिकूँ
ऐनाझैं टुक्रिनु नै छ भने
म टुक्रिएरै सकूँ
म टुक्रिएरै सकूँ।
विदुर १, नुवाकोट, नेपाल



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
