वास्तवमा मेरो परिचय के हो ?
मलाई त्यस्तै बन्न दिनु
अथवा
डढेलोको चिंगारी
क्रान्तिकारी योद्धा
ज्वालामुखीको लाभा
प्रगतिशील गीत

बितेको संघर्ष
वर्तमान उपलब्धि
समताको भविष्यमा
मेरो परिचय के हो ?
उदाउँदो सूर्य
वर्षदो बादल
सगरमाथाको चुचुरो
रातो झण्डा
माटोको मजदुर किसान
शान्तिको परेवा

मेरो परिचय के हो ?
सहनशीलता
धैर्य
निडर
सिर्जनशीलता
सक्रियता

नेतृत्व हुन
निडर, निर्भय
वीर, साहसिक,
सुविचार, सुकर्म
कर्मयोद्धा, जवान
अनुशासित, चेतनशील नागरिक

संवाहक हुँ अनन्त सञ्चारको
त्यसैले मलाई विचारले लेस बनाउन
चेतनाको बीउ छर्नु छ
मलजल गरी हुर्काउन
कुवा कुलो खन्नु छ
तिर्खाएका हरेक तख्तालाई
प्यास मेटाउन
विशाल आकाशमा गर्जिनु छ
चट्याङ्ग भई प्रकाश छर्नु छ
बादल वर्षा भई वर्षिनु छ

तर म
हिमालबाट चिप्लेर
बाटो बिराएर डराइरहेको छु
त्यसैले रातो किताब बोकेर
समताको गन्तव्यमा लम्किरहेको छु ।