तिम्रो अञ्जान शहरमा
म आएको छु तिम्रै खोजमा

वर्षातको यो झरीमा
रुझ्दै खोज्दैछु तिम्रो मुहार
लाखौँ अनुहारको बीचमा

मायाको एउटा टापु बनाएर
अनायाश हरायौ मेरो मुटुबाट
यो अपरिचित बस्तीमा
कहाँ खोजौँ खै, यो कोलाहलमा?

कतै यो झरीको
पानीझैँ बेइमानी बनेर
बिलायौ कि अपरिचित भीडभाडमा?
आशैआशको त्यान्द्रो बोकेर
गह्रुँगो मनमा भेटिने सपना सजाएर
खोजी बसेको छु तिमी लुकेको
यो तिम्रो अज्ञात अनौठो ठाउँमा ।