के थाहा
आकाशबाट झरेका पानीका थोपाहरूलाई
अनुभूतिका वर्णमाला?

अस्ति,
खरका पालीबाट झर्दाको – तप्-तप् !

हिजो,
जस्ताका छानाबाट झर्दाको-टिंङ्-टिङ् !

आज,
ढलानको डुँडबाट झर्दाको- कुल-कुल !!!

तर मलाई,
खुब याद आउछ-
छिचोलेर खरका छानालाई
आमाले थाप्नुभएको बाल्टिनमा
तप्केका थोपाहरूको सारेगम !

बोस्टन, अमेरिका