देखिएको आँसु पनि झुटो हुन सक्छ
शिकार गरिसकेपछि गोही रुन सक्छ
आँखालाई विश्वास गर्दा ठक्कर पनि हुन्छ
फूलको मुटु छामी हेर्दा पत्थर पनि हुन्छ
आवरणले ज्ञान हुँदैन के छ किताबभित्र
चित्र हेरी के बुझ्नु खोई मानिसको चरित्र
शरण पर्छ, हात जोड्छ, दर्शन हजुर भन्छ
पर्दापछि जान्छ अनि फेरि जरा खन्छ
को हो हीरा, को हो सिसा जाँच्ने कसी छैन
जति बुझ्यो मान्छेलाई त्यति बुझिँदैन ।
अमेरिका



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
