
प्यारो नेपाल स्वच्छ सुन्दर कृषि प्रधान देश
धेरै जाति धेरै धर्म फरक भाषा भेष ।
धेरै मानिस कृषि गर्छन् यही देशमा बसी ।
झ्याउरे गीत गाउँदै काम गर्छन् कम्मर कसी ।१।
फलाउँछन् अन्नबाली सबै हाम्रा लागि
दुखकष्ट भनी कतै जाने छैनन् भागी ।
गड्यौला र पानी नै हुन् किसानका साथी
मानो रोपी सधैँ तिनले फलाउँछन् पाथी ।२।
तराई हाम्रो अन्नभण्डार सबै फाँटै फाँट छ
त्यही फाटमा कर्मजीवी किसानको आँट छ ।
दिन रात नभनेर काम गर्छन् किसान
किसानले छाडेका छन् पसिनाका निशान ।३।
आयात मात्रै भयो धेरै निर्यात केही छैन
यो नेपालमा किसानलाई आदर सम्मान छैन ।
नेपालको छोडी अन्न भारतबाट ल्याउँछन्
सस्तो भनी सबै मानिस त्यही किन्न थाल्छन् ।४।
अर्गानिक अन्नलाई सम्मान गरौँ अब ।
किसानको मुहारमा खुसी छाउँछ तब ।
किसानको श्रमलाई नालीमा नफालौँ
यो माटोका मायारूपी मिठा बुटी खाऔँ ।५।
०००
डियरवाक धादिङ स्कुल
कक्षाः ७



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
