बिगार्न सफेद मेरो मुहार, मेरो रुप
कोतर्छ, घोच्छ
लगाउँछ दाग, बनाउँछ कुरुप
देखाउँछ पुरुषार्थ
सुस्केरा हाल्दै
टक्क टेकाउँछ खुट्टा
र उभिन्छ
सायद सकिन्छ उस्को ज्ञान
सायद सकिन्छ उस्को बयान
अहँ सकिन्न दमन
दमित हुन्छन् मेरो छाती, मेरो मन
तर सकिन्नन्
तानाशाही शब्दका साहुहरू
रोकिन्नन् साहुका बचाउहरू

ओई कलम !
मेरोजस्तै
तेरो पनि बिग्रिनेछ दिन
एकदिन
जब रितिन्छ तेरो मसी
जब सकिन्छ तेरो रगत
ताकिँदै फालिनेछस्, कुनाको डस्टबिनमा
तब दराजको कुनै माथिल्लो तल्लाबाट
धिकार्ने छु
तेरो दुर्दशामाथि
धिकार्ने छु
तेरो एक सुइरो जीवनको घमन्डमाथि

ओई कलम!
अझ हेर्न यो चेतनशील मानवलाई
आफ्नै वातावरण, घर बिगार्ने दानवलाई
जसरी मलाई काट्यो, पेल्यो र सकायो वन
जसरी, लेख्यो, फाल्यो र सकायो तेरो जीवन

पक्का फालिनेछ डस्टबिनमा
पख्न भाइ अनि हासुम्ला त्यस्को दुर्दिनमा ।