
झरेको फूल बटुल्दै छन्
सजाई माला बनाउँदै छन्
बालकले फूल टिप्दैन, चुँड्न जान्दैन
झरेको त फूल हो, सुवास कहिल्यै मर्दैन
म मोहित हुन्छु, आवेगमा फूल चुँड्न खोज्दै छु
हिजो बचपन बित्यो, आज सौन्दर्य गुमाउँदै छु
पारिजातको प्रतिविम्ब बालबालिकामा देख्दै छु
प्रफुल्लित भएँ म, गुमाएको बालापन खोज्दै छु
भौतारिँदै एकान्त खोज्दै छु तर एक्लो हुनु छैन
म बेस्सरी कराउँछु, क्रन्दन कसैले सुनेको छैन
भाव पोख्नु छ, परेलीले आँशु रोक्ने छैन
युवा कहलिएँ तर म बालापन मर्न दिन्नँ
तोते बोली, आखाँमा तेज, खै के के हेर्दै थियो
सौम्य स्पर्श, भल्बेटी पहिरन, मन हर्षित भयो
लडीबुडी हिँड्दै, ऊ चरासँग जिस्किदै थियो
म भित्र बालापन, सर्वाङ्ग पुलकित भइदियो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
