
हुले किन चर्को ब्याजमा मात्र ऋण दिन्छ?
नत्र त उसको ढुकुटी छिट्टै रितिन्छ
बिरामी आमालाइ समेत बेवास्ता गरी दौडने छोरो,
जब राम्री केटी देख्छ अनि टक्क अडिन्छ
होसियार, तिमीलाई तिम्री प्रेमिकाले त्यतिखेर छाड्न सक्छे,
जतिखेर तिम्रो गोजीको सबै दाम सकिन्छ
के भनौँ खोई यो स्वार्थी दुनियाँको बारे
लौरो बिर्सिइन्छ जब खोलो तरिन्छ
कसैको घर दन्दनी बलेको देख्दा आजकाल
आगो निभाउनुभन्दा पहिले फोटो खिचिन्छ
मेरो जितको खुशियाली एक्लै त मनाउँदै छु म
कसरी भनौँ कि दुखमा मात्र साथी चिनिन्छ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
