आमा तपाईं बूढी हुनुभयो
र हाम्रो परिवार गरिब छ
आमा तपाईं पर्खिएर बसिरहनु
त्यही घरमा म फर्खिएर आउनेछु अवश्य
सातसमुन्द्र पारिको देशबाट
हजुरको अनुहारको मुस्कान लिएर ।
आमा हामी दरिद्र छौ
तर, इमान्दार छौ ।
आमा मेरो भिसा लाग्यो
यसैले म ऐले वैदेशिक रोजगारको
कामदार भएर जाँदैछु ।
पैसा कमाएर अनि स्वदेश आएपछी
अर्को वर्ष नयाँ घर बनाउँला
आमा अनि बुहारी पनि भित्र्याउला ।
तर
अहिलेलाई म गएँ आमा
म अब टाढाको भएँ ।
अहिलेलाई म गएँ आमा
आफ्नु ख्याल राख्नु है
पक्कै पनि र म चाँडै
नै नेपाल फकिएर आउनेछु
अर्को साल ।
सपनाहरू बोकेर एकसाथ
ठूलो देशको सपना देखेर
यस्तै यस्तै भनेर गएथ्यो
सरकार
मेरो छोरो
तर
अफसोच्
आजसम्म पनि फर्किएन ।
फर्कियो केही दिनपछि मेरो छोरो
विमानमा बसेर
प्रवासको आकासहरू हुँदै
हो फर्किएर आयो
मेरो छोरो
तर लास भएर
बाकसभरी सजिएर
फर्किरहेको कुनै नौजवान नेपालीहरू झँै गरेर।
जन्तीहरू लिएर
बेहुलो बन्ने सप्ना बोकेर गएथ्यो मेरो छोरो
सरकार तर किन
यसैको ठिक विपरीत
सारा जन्तिहरू सहित
एकचिहान भएर फर्कियो ।
गरिबहरूले स्वदेशमा रोजगार कैले पाउँछन्
सरकार
आफ्नु विचारले खाएको
दुई जोडीहरूले चाहेको प्यार कैले पाउँछन्
गल्ती गरियो समाज
गल्ती गरियो
रङ्गविभेद गरियो
स्वतन्त्र उठान भरेर
प्रख्यात प्रजातिको एउटा सेतो
र रङ्गिन परेवासङ्गैसङ्गै
आसमानमा उढिरहेको
एउटा कालो परेवाको घाँटी काटियो
र त्यो मेरो आफ्नै छोरो थियो ।
गुनेगारले सजाय कैले पाउँछन्
पिडितहरूले न्याय कैले पाउँछन्
न्यायधीस
पुलिस र यसैले पनि
उनिहरू पनि एकसाथ
मेरो छोरोसँगैसँगै मारिए
किनकि , उनिहरू सबै दलित थिए ।
म सुनिरहेथँे
अदालत ! सन्चार माध्यममा आएर
अनि बताएर आफ्नु वास्तविकता
मृतक नवराज विककि आमा
यस्तै आवाजमा रोइरहेकी थिइन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

