
भन्न पनि गाह्रो भयो
नभन्दा झन् गाह्रो
तिम्रो माया किन लाग्छ
मलाई यति साह्रो
छाया बन्छौ पच्छाई रन्छौ
सपनामा अत्याई रन्छौ
आनिबानी राम्रो तिम्रो
तिमी सुन्दर झन् छौ
जादू छ कि टुना रूपमा
मलाई घाइते पार्यो
भन्न पनि गाह्रो भयो
नभन्दा झन गाह्रो
तिम्रो माया किन लाग्छ
मलाई यति साह्रो
एउटै मुटु जस्तो लाग्छ
एउटै धडकन जस्तो
पर्खेकै छु तड्पेकै छु
हुन्छ कस्तो कस्तो
जून हेर्दा जून झैँ राम्री
फूल हेर्दा फूल झैँ
हिजो राति तस्वीर हेर्दा
के ले आँशू झार्यो
भन्न पनि गाह्रो भयो
नभन्दा झन् गाह्रो
तिम्रो माया किन लाग्छ
मलाई यति साह्रो ।
पोखरा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
