छुटेको छ धारा नयनबाट मेरो
छुट्यो साथ आमा चयनबाट मेरो ।

बनेको छ शैय्या उ वाणै सरीको
दुखेको छ सारा शयनबाट मेरो ।

न सम्हाल्न सक्छू म यात्रा न रोक्न
छ बिग्र्या उ पाटो अयनबाट मेरो ।

बनाउँछु भन्थेँ म मायालु डोरो
छुटेको छ धागो बयनबाट मेरो ।

दुखीया नि काया कहाँ हो र राख्ने
लुकाई कसोरी कयनबाट मेरो ।

पृथ्वीनारायण क्याम्पस , पोखरा