सादा जीवन उच्च विचार, उच्च विचार
रङ्गीन जीवन तुच्छ विचार, तुच्छ विचार

मरेपछि नि बाँच्छ जो असल कर्म गर्छ
खराब गर्ने लासै बन्छ जिउँदै नि मर्छ
सादा जीवन उच्च वचन, उच्च वचन
रङ्गीन जीवन तुच्छ वचन, तुच्छ वचन

जसले पुण्य गर्छ मृत्युपछि स्वर्ग जान्छ
पाप गर्नेलाई आफ्नै कर्मले नर्क लान्छ
सादा जीवन उच्च चरित्र, उच्च चरित्र
रङ्गीन जीवन तुच्छ चरित्र, तुच्छ चरित्र ।