ढलसँग मेरो नाता गाँसिदिन अघि सर्यौ
नाक थुन्दै हिँडिरा’छौ, सोच कस्तो काम गर्यौ ?

पाइला चाल्थेँ हरपल हिजो गर्दै कलकल
फोहोरलाई डसाइरा’छौ आज यो ज्यान पलपल
भन मैले के बिराएँ ? मलाई किन आँखा तर्यौ ?
नाक थुन्दै हिँडिरा’छौ, सोच कस्तो काम गर्यौ ?

कुनै बेला यो छातीमा माछाहरू खेल्ने गर्थे
तिर्खाएका प्राणीहरू मलाई भेट्दा दङ्ग पर्थे
सबै खाले जीवजन्तुका हाँसो खुसी तिम्ले हर्यौ
नाक थुन्दै हिँडिरा’छौ, सोच कस्तो काम गर्यौ ?

✯✯✯ ✯✯✯ ✯✯✯