
अभिशप्त इतिहास नबनोस्
‘हरियो वन नेपालको धन’
र मनभरिका हरिया सपनाहरू
प्रकृतिमाथि धावा नबोलोस्,
कंक्रिट अस्तित्व अनि हिंस्रक आधुनिकता!
भविष्यको आकाशमा
अम्लवर्षा फलाएर
भयो! नमनाउँ जन्मदिवसहरू
ठूला होटलहरूमा
बर्थडे केक काटेर
अरु बाँकी जन्मदिनहरू
मनाउन नपाई
पक्कै मर्दैन त्यो बच्चा
हाम्रै प्रदूषणको आकाशमा
निसास्सिएर
खोपका सुई रोपियो भने,
मात्रै, अक्सिजन फलाउने
एउटा रुख रोपियो भने
त्यसैले भो अब जुट्नुपर्छ
उठ्नुपर्छ
अब हाम्रा पुनर्जागरणका झंकारहरू
नारा, गोष्ठी, भाषण र सेमिनारहरूबाट
टाढा ….टाढा
मिर्मिरेको आलोकसँगै
एक्काइसौं शताब्दीको वैज्ञानिक र वातावरणमैत्री
युगको स्वागतमा
कुनै नयाँ वैज्ञानिक खोज र परीक्षणभन्दा पनि
मात्रै, पूरा जंगल भाषणमा वृक्षरोपण गर्नुभन्दा
व्यावहारिकतामा एउटा फूल रोपौँ बगैंचामा
कुनै प्रोग्राम एजेन्डा वा एनिभर्सरी मात्रै नबनुन्
जैविक विविधता र वातावरण संरक्षणका वर्षहरू
सिमेन्टेड स्ट्याचुमाथि
कराउँछ कालो कौवा; धावा बोल्दै मानव सभ्यताको अस्तित्वमा!
मिर्मिरेको आमन्त्रणमा
छैन यहाँ भाले बासेको डाक
न त छ कोइलीको मीठो गीतमा
मन्द पवनको कालजयी संगीत
अनि सिरसिरे बतासमा
पातको सुसेली!
हजुरआमाको दन्त्यकथाको
एकादेशमा बाँचेको मान्छे
सामुन्ने प्रकट हुँदा
चिडियाखानामा
दंग पर्दै भन्छ नाति
“हजुलआमा मैले बनमान्छे देखेँ!
कस्तो दललाग्दो!”
छोरी भन्छे; “बाबा आज शनिबार
जू जाउँ न ल!”
छोरीको गुडिया मानसिकता
अनि शाब्दिक रटानभित्र बाँचेको बाघ
साक्षात्कार गर्नुपरेको छ
यस्तै थुप्रै प्रतिबद्धताहरू चिडियाखानाले
उद्घाटन गर्नुपरेको छ
यस्ता थुप्रै बालरहस्यहरू
र चिर्नुपरेको छ बालसुलभ निर्दोष उत्सुकताहरू
चिडियाखाना यसरी बनेको छ
हाम्रा लागि थुप्रै एनिमल किङ्गडमका
सदस्यहरूको घर र
हाम्रो सुन्दर पारिस्थितिक पद्धतिको
एउटा सुन्दर उदाहरण।
बर्दघाट: १०, नवलपरासी
हालः ओस्लो, नर्वे



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

