अरुणबहादुर खत्री “नदी”

कथाकार भएर साहित्यिक क्षेत्रमा प्रवेश गरेका गोविन्द गिरी प्रेरणाको ‘लिभिङ टुगेदर’ नामक उपन्यास २०७५ सालमा प्रकाशित भएको छ । उपन्यासकार गोविन्दको ‘सुतेको समुद्र’ नामक कथा सङ्ग्रह २०४० सालमा पहिलो कृतिको रुपमा निस्केको थियो । लिभिङ टुगेदर उपन्यास उनको चौबिसौँ कृतिको रुपमा निस्केको हो ।

यस उपन्यासलाई तीन भागमा विभाजन गरिएको छ । पहिलो भागभित्र लुम्बिनी चिया पसल सँगैको तीनतले घरमा डेरा खोज्न पुगेको कुमार काली काली वर्गकी यौटी केटीसँग मूलगेटमा झण्डै ठोक्किन पुग्दासरी उसले भनी । सरी त मैले भन्नु पर्ने म जो हुत्तिदै आए कुमारले शिष्टता देखायो । केटी हल्का मुस्कुराई र सडकतिर लागी । मूलसडकमा मिसिइसकेपछि कुमारले सोच्यो कोठा राम्रो हो घरबेटी बूढा बूढी पनि राम्रै हुन् । तीभन्दा पनि प्रिया राम्री हो । कुमारकोआँखामा प्रियाको कोठाको गुलाबी तन्ना झलक्क आयो र त्यसले ऐठन पार्न थाल्यो । अहो प्रिया र म त्यो गुलाबी तन्नामाथि लडीबुडीगर्न पाए भनिएको छ । दिदी जिन्दगीमा दिलैदेखि माया गर्ने मान्छे पाएँ । आखिर एक दिन त कसै न कसैको हुनु नै छ भने आफूलाई मायागर्ने मान्छे भेटेपछि छोड्ने कुरा पनि आएन । सरी हैं दिदी सगै बस्यौ अब छुट्टिनुपर्ने भयो सोनुले भनी । काठमाडौं पहिलोपल्ट त आएकीहोइन ऊ । तर कताकता पहिलोपल्ट आएको झैं अनुभव गरी पार्वतीले गोविन्दले लेखेका छन् । अचानक हिजो रातीका कुराहरु कृष्णाकाआँखा अगाडि नाच्न थालेको रहेछ । ऊ रिसाएर कुमारलाई गाली गरेको पनि सम्झिाई भनिएको छ । मैले ठिक गरे कि बेठिक गरे भनेरआफैंलाई कृष्णाले सोध्न थालेकी छिन् । कुमारले मलाई शोषण गर्ने मनशाय नै राखेको हो त । उसले आफैंलाई सोधी । तर हो भन्नेआधार पाइन । उज्यालोमा तिम्रो अनुहार कस्तो राम्रो देखिन्छ नि कुमारले कृष्णालाई भनेको छ ।

नेपाली साहित्यका लागि नवीन विषयवस्तुलाई अंगालिएको यो उपन्यासलाई मनोविश्लेषणात्मक उपन्यास भने पनि हुन्छ किनभने२१६ पृष्ठको यो सम्पूर्ण उपन्यास आफ्नो नवीन कथावस्तुको कारणले पनि यसले चर्चा पाउने र नेपाली साहित्यमा चर्चित हुने निश्चितप्रायः देखिन्छ । नेपाली साहित्यमा उपन्यासको संरचना र शैली सम्बन्धमा केही विवादहरु उठेका छन् । कसैले भन्छन् यथार्थवादीलेखनशैली पूरानो भइसक्यो अब लेख्ने रचनाहरु प्रयोगवादी हुनुपर्छ तिनले पश्चिमी उत्तर आधुनिकताका पराख्यान तथा जादुमययथार्थवाद जस्ता शैलीहरुको प्रयोग हुनुपर्छ । यस विपरीत अर्को तर्क छ यथार्थवाद लेखनले नै समसामयिक नेपाली जीवनको वास्तविकचित्रण गर्न सक्छ । त्यसैले उत्तर आधुनिक शैलीहरुको अन्धानुकरण नगरेर यथार्थवादलाई आख्यानको माध्यम बनाउनुपर्छ । जीवनकोयथार्थ र भोग्नुपरेका अप्ठ्याराहरु बीच परिभाषित जिन्दगीको मेल नहुनुको चर्को पीडालाई उपन्यासकार गोविन्दले रोचक शैलीमा वर्णनगरेका छन् । जीवनको अर्थ जीवनको सार सदुपयोग हो, दुरुपयोग वा मेटिनुमात्रै होइन भन्दाभन्दै विसङ्गतिपूर्ण नियति भोग्न वाध्यप्रभातको परिणतिले पाठकको हृदयलाई चसक्क नपारी छाड्दैन भने मस्तिष्कमा समेत गहिरो प्रभाव छाड्दछ । कथानक उपन्यासकोमेरुदण्ड हो । यस उपन्यासको कथानक अरु उपन्यासभन्दा पृथक् भएकाले नै नेपाली साहित्यमा यसले अलग स्थान ओगट्न सक्षम हुन्छ।

भाग दुईमा सिडीयो जन्मेजय भट्टराई जुन जुन जिल्लामा अलि वर्ष राज गर्थे यौटा यौटा घर त्यही जोड्दथे । यो उनलाई यसअघिका आइजीले सिकाएको मूल मन्त्र थियो । आइजीले त १७ जिल्लामा घर जोडेका रहेछन् । कृष्णा खाना तताएर खान तर्खर गर्नलागी । तर उनलाई एक्लोपना यस्तो अनुभव भयो कि खानै मन लागेन र दुई चार गाँस जबरजस्ती खाएर चुट्न थाली ओछ्यानमापल्टीरहदा पनि उसलाई झन् झन् एक्लोपनाले थिच्न आए जस्तो भयो गोविन्दले लेखेका छन् । जाँड लागेपछि त केही नेतालाई नभई हुन्नदुई खुट्टा टेक्ने जस्ती आइमाई भए पनि पुग्छ । कुवेतमा न नेपालीलाई काममा जान प्रतिबन्ध लागेको सुनेकी हुं यो पार्वती कुवेत जानको लागि तम्तयार छे भनिएको छ ।

उपन्यास लिभिङ टुगेदर

भाग तीनमा कुमार अमेरिका गएको झण्डै पाँच महिना हुन लाग्यो र अब उसले कुमारमा क्रमशः हुर्कदै गएको परिवर्तन महसुस गर्नलागेकी थिई । मान्छे आँखा अगाडि नहुने बित्तिकै उसले संसार अर्कै देख्न थाल्दछ कि क्या हो ? कृष्णा आफैंसंग सोधिरहेकी थिईभनिएको छ । उसलाई कुमार उडेको दिन देखिका यी बितेका प्रत्येक दिनका पलपल आँखामा जुलु्स बनेर लाम लागेझैं लाग्छ । गाउँकोआफ्नो घरमा पुग्दा कृष्णाकी आमा पिँढीमा बसेर तरकारी केलाउदै थिइन् आफ्नी सामु छोरी देखेपछि आमा हाम्फाल्दै अँगालोमा बेर्नआइन् । बिहानी पखको चिसो हावाले राधेश्यामको निद्रा खुल्यो । उसले अँगालोमा बाँधिएकी कृष्णाको निधारमा चुप्प म्वाई खायो रकृष्णा बिउँझिई भनेर यस उपन्यासभित्र गोविन्दले लेखेका छन् । उपन्यासका सकारात्मक पात्रहरु जो उपन्यासमा समेटिएका छन् तीशुरुदेखि अन्तसम्म कौतुहलता जन्माउन सफल मात्र नभएर एउटा पात्रले अर्को पात्र सामु सानो भएकाले मर्यादाका सुकुमार शब्दहरुपस्केर आदरपूर्वक सम्मान दर्शाउनु अर्को सफल पक्ष मान्न सकिन्छ । भाषा सरल र स्पष्टता रोचक शैलीले यो उपन्यास निकै राम्रोमान्नैपर्छ । उपन्यासभरि राग छ, विराग छ, समलिङ्गी सम्बन्धको झल्को छ, पराजय छ , पीडा छ, धोका छ, तैपनि उपन्यासकार गोविन्दअत्यन्त सयमित भएर आफ्नो अभिव्यक्तिलाई सन्तुलित राख्दछन् । आफ्ना कथाहरुमा झैं यो उपन्यासमा उनको भाषामा उस्तै मिठास रशैलीमा रोचकता अनि वेग भेटिन्छ । गोविन्द गिरी “प्रेरणा” को माझिएको खारिएको लेखनीको सधैं यस्तै नयाँ कथावस्तुको खोजी गरीउपन्यास विधामा नयाँनयाँ आयाम थपी नै रहोस् भन्ने अपेक्षा गरेको छु ।

संस्करणः पहिलो असार, २०७५

मूल्यः रु.३२५।–

प्रकाशकः बिएन पुस्तक संसार प्रा.लि. ,काठमाडौं