भारतिय लेखक अमिश त्रिपाठीद्धारा लिखित शिव ट्रायोलोजी हिन्दुका देवता शिवको इश्वरत्वको यात्रामा आधारित छ । कुनै आदिवासीको सरदार कसरी हिन्दुहरुको लागि तारणहार बनेर सिंगो सम्प्रदायको विश्वासको केन्द्रमा बस्न पुग्छ भन्ने कथालाई अमिशले आफ्ना ३ पुस्तकहरुमा वर्णन गरेका छन् । चाखलाग्ने कुरा यो छ कि, लेखक त्रिपाठीले हिन्दु मिथक तथा शास्त्रहरुका पात्रलाई ऐतिहासिक समयरेखामा बाध्न खोजेका छन् । पुस्तकमा अपवाद बाहेक उनी यसमा सफल भएका देखिन्छन् ।
लेखक अमिश त्रिपाठीको चर्चित ‘शिव ट्रायोलोजी’ अन्तर्गतको दोस्रो पुस्तक हो द सेक्रेट अफ द नागाज् (The Secret of The Nagas) । यो पुस्तक २०११ मा प्रकाशित भएको थियो ।
यो पुस्तकले लेखक त्रिपाठीको पहिलो पुस्तक द इमोर्टलस् अफ मेलुहाको कथानकलाई अगाडी बढाउँछ । कथानकमा आएको मोड वा रहस्यलाई यो पुस्तकले उधिन्ने प्रयास त गर्छ तर झन् भयानक मोडमा पुर्याउँछ । जस्तै कि पहिलो पुस्तकको कथाले मेलुहाको समस्याका रुपमा देखाएको चन्द्रवंशीलाई यो पुस्तकको कथाले दुस्मनको शंकाबाट सम्पुर्णरुपमा मुक्त गर्छ तर सँगसँगै यसले पुस्तकले नागाहरुलाई स्वायत्त र प्रमुख शत्रूको रुपमा उभ्याउँछ तर पुस्तकको अन्त्यसम्म पुग्दा कथा यस्तो मोडमा पुग्छ जहाँ सम्पुर्ण कथा उलटफेर हुन्छ । दोस्रो पुस्तकको अन्तिममा पुग्दा पाठकहरु पक्कै पनि झस्किन्छन् ।
पुस्तकमा आउँने नागा र मेलुहाको सम्बन्ध, दक्षको विगत, काशीको व्यवस्था लगायतका उपकथाहरुले पाठकलाई रोमाञ्चित बनाइरहन्छन् । कथानकसँगै हिन्दु शास्त्रहरुको दर्शनलाई आधुनिक आँखाले हेरेर पनि उत्तिकै जीवनउपयोगी बनाउँन सक्नु अमिशको लेखनको अर्को उज्यालो पाटो हो ।
कथाको रोमाञ्चक मोडले गर्दा दोस्रो पुस्तक पढ्ने कुनै पनि पाठकलाई दोस्रो पुस्तक सुरु गर्नु अधैर्य बनाउँछ ।
यो पुस्तकलाई हिन्दीमा नागाओँका रहस्य नाममा अनुवाद गरिएको छ । तपाईले यसलाई युट्युबमा पनि सुन्न सक्नु हुनेछ ।
ट्रायोलोजीका थप पुस्तकहरुको परिचय
अमिश त्रिपाठीको चर्चित ‘द इमोर्टलस् अफ मेलुहा’
अमिश त्रिपाठीको चर्चित ‘द ओथ अफ द वायुपुत्रज’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

