भारतिय लेखक अमिश त्रिपाठीद्धारा लिखित शिव ट्रायोलोजी हिन्दुका देवता शिवको इश्वरत्वको यात्रामा आधारित छ । कुनै आदिवासीको सरदार कसरी हिन्दुहरुको लागि तारणहार बनेर सिंगो सम्प्रदायको विश्वासको केन्द्रमा बस्न पुग्छ भन्ने कथालाई अमिशले आफ्ना ३ पुस्तकहरुमा वर्णन गरेका छन् । चाखलाग्ने कुरा यो छ कि, लेखक त्रिपाठीले हिन्दु मिथक तथा शास्त्रहरुका पात्रलाई ऐतिहासिक समयरेखामा बाध्न खोजेका छन् । पुस्तकमा अपवाद बाहेक उनी यसमा सफल भएका देखिन्छन् ।
लेखक अमिश त्रिपाठीको चर्चित ‘शिव ट्रायोलोजी’ अन्तर्गतको पहिलो पुस्तक हो द इमोर्टलस् अफ मेलुहा । यो पुस्तक २०१० मा प्रकाशित भएको थियो । यसमा इशापुर्व १९०० बर्ष अगाडीबाट कथा सुरु हुन्छ । जहाँ तिब्बतबाट एउटा आदिवासी समुहलाई मेलुहाबाट गएका नन्दीले मेलुहामा शरणार्थी ल्याउँछन् । त्यहि आदिवासी समुहको नेता हुन्छन् शिव ।
मेलुहामा ल्याइएको आदिवासी समुहलाई क्वारेन्टाइनमा राखेर सोमरस पिउँन दिइन्छ । त्यहि सोमरसको सेवनको प्रभावबाट शिव मेलुहाको आश्थामा जबरजस्त पात्रका रुपमा उभिन पुग्छन् ।
‘शिव ट्रायोलोजी’ अन्तर्गतको पहिलो पुस्तक द इमोर्टलस् अफ मेलुहाको कथा शिवको तत्कालिन परिचय र निलकण्ठको गाथा वरिपरि घुम्छ । त्यसलाई सती र शिवको प्रेम, नागाहरुको उपद्रो, ब्रहस्पति र शिवको सम्बन्ध तथा स्वदिपसँगको युद्धका लगायतका अन्य उपकथाहरुले कथालाई थप रहस्यमयी बनाउँछन् ।
ट्रायोलोजीको पहिलो पुस्तकभरी शिवले मेलुहाको दुस्मनको रुपमा स्वदिपका चन्द्रवंशीलाई मानिरहेका हुन्छन् तर पुस्तकको उत्तरार्द्धमा शिव स्वयम् चन्द्रवंशीलाई दुस्मन मान्नु गलत थियो भन्ने निष्कर्षमा पुग्छन् । यसले कथालाई नयाँ मोड दिन्छ भने पुस्तकको अन्तिममा नागाहरु मेलुहाको समस्याका रुपमा संकेत गरेर पुस्तक सकिन्छ ।
कथाको रोमाञ्चक मोडले गर्दा प्रथम पुस्तक पढ्ने कुनै पनि पाठकलाई दोस्रो पुस्तक सुरु गर्नु अधैर्य बनाउँछ ।
यो पुस्तकलाई हिन्दीमा मेलुहाके मृत्युञ्जय नाममा अनुवाद गरिएको छ । तपाईले यसलाई युट्युबमा पनि सुन्न सक्नु हुनेछ ।
ट्रायोलोजीका थप पुस्तकहरुको परिचय
अमिश त्रिपाठीको चर्चित ‘द सेक्रेट अफ द नागाज्’
अमिश त्रिपाठीको चर्चित ‘द ओथ अफ द वायुपुत्रज’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

