साहित्यकारहरूको अन्तर्राष्ट्रिय

संस्था पेन अर्थात् (Poets, Essayists and Novelists)को अमेरिका च्याप्टर अर्थात् पेन अमेरिकाले सन् २०२१ का लागि विभिन्न पुरस्कारहरूका लागि पुस्तक समावेश गर्न आव्हान गरेको छ । पुरस्कारहरू दुई समूहमा रहेका छन्, पुस्तक पुरस्कार र योगदानका लागि पुरस्कार ।

पुस्तक समूहमा ३ हजारदेखि ७५ हजार डलरसम्मका १२ पुरस्कारहरू रहेका छन् । तर उदीयमान कथाकारलाई दिइने पुरस्कार भने १२ जनालाई २ हजारका दरले दिने गरिन्छ।

त्यसैगरी योगदानका लागि दिइने पुरस्कारहरू १ हजार डलरदेखि ५० हजार डलरसम्मका ५ पुरस्कार रहेका छन् । पुस्तक पुरस्कारका लागि प्रकाशक तथा एजेण्टले पुस्तक समावेश गर्न सक्नेछन् । यस वर्ष कतिपय पुरस्कारहरूको राशिमा वृध्दि गरिएका छन् ।

पेन अमेरिकाले हरेक वर्ष “पेन वर्ल्ड भ्वाइसेस” नामक सप्ताहव्यापी साहित्य सम्मेलन गर्दै आएको छ, जसमा नोवेल पुरस्कार विजेता लगायत विश्वका विभिन्न मुलुकका सम्मानित एवम् चर्चित साहित्यकारहरूलाई निमन्त्रणा गर्ने गर्छ।

सन् २०२१ का लागि पेन अमेरिकाले ३ लाख ५० हजार पुरस्कारको रूपमा वितरण गर्दैछ । सन् १९२२ अप्रिल १९ मा पेन अमेरिकाको स्थापना न्यूयोर्कमा भएको थियो तर साहित्यिक पुरस्काहरूको स्थापना भने सन् १९६३ देखि शुरू गरेको थियो । विश्वमा भएका १०० भन्दा बढी पेन सेण्टरहरूमध्ये अमेरिकाको सबैभन्दा बलियो सेण्टर हो जसमा ७२०० भन्दा बढी उपन्यासकार, कवि, निबन्धकार, नाटककार, पत्रकार, सम्पादक, प्रकाशक लगायत सम्बध्द छन् ।

स्थापनाकालमा पेन ले पोयटस्, एस्सेइस्ट र नेभेलिस्टस् ( कवि, निबन्धकार, उपन्यासकार) लाई मात्र समेटिने भए पनि पछि यसले अन्य विधा र क्षेत्रलाई पनि समेटेको हो। विला क्याथर, युजिन ओ निल, रोबर्ट फोर्स्ट, एलेन ग्लास्गो, एडविन आर्लिंटन रोविन्सन, रोबर्ट बेन्चले संस्थापक रहेको पेन अमेरिकाको प्रथम अध्यक्ष वुथ टार्किंगटन थिए ।

पेन अमेरिकाले समग्र अमेरिकी साहित्यलाई ठूलो प्रभाव पार्दछ ।

पेन को मुख्य “आवाज” फ्रि एक्सप्रेसन हो, वाक स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रता । यसका लागि पेनले विश्वका कुनै पनि लेखकलाई परेको संकटको लागि आवाज उठाउॅंछ र पेन अमेरिका यसमा अग्रणी छ ।

पेन अमेरिकाकी वर्तमान अध्यक्ष जेनिफर एगान छिन् ।