
पोखरा / प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घलेस्थित गोरखा गार्डन होटल प्रा.लि. बीच व्यावसायिक साझेदारीको लागि वैशाख २ मा एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ ।
गोरखा गार्डन होटल प्रा.लि. का तर्फबाट अध्यक्ष सुरेन्द्र कुँवर र प्रभु बैंक लिमिटेड तर्फबाट बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा.लि. मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १५ प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् ।
गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटल प्रा.लि. विच भएको यो साझेदारीले गोरखाको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरू पनि लाभान्वित हुनेछन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
