१. हुन्छ ?
२. हुन्छ ।
१. के हुन्छ ?
२. सबै हुन्छ हजुर ।
१. के खोजिस् त ?
२. के खोजें?, अँ केही होइन ।
१. केही नभए के खोजिस् त ?
२. हजुर यस्सै । (निर्दाेष कपाल यस्सै कनिन्छ ।)
१.बुझेँ, ला पैसा, ७० रूपियाँ ।
२. पैसा, ७० रुपियाँ ?
१. अनि के त ?
२. हजुरसँग त……
१. के मसँग…? मसँग ७० करोड छ । यतिले दरबार चल्दैन मोरा !
पात्र १ . बैंक सम्झेर अमेरिकातिर बाङ्गियो र घर फर्किंदा एक किलो सुन छिरायो । फेरि घर नपुग्दै बैंक सम्झियो र उतै मोडियो ।
पात्र २. श्रीमती सम्झ्यो र घरबार चलाउन चुरा पसल छिर्याे । चुरा किन्न नसकेर आधि किलो नुन किनेर घरतर्फ सोझियो । घर नपुग्दै श्रीमतीको खाली हात संझियो । बाँकी पैसा मन्दिरमा चढायो र वरदान लिएर घर पुग्यो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
