
हरिप्रसाद भण्डारी
प्रदूषणको प्रमुख कारण देखाएर सरकारले पुराना गाडीहरू चल्न नदिने निर्णय ग¥यो ।
निर्णय आउनासाथ नयाँ गाडीका मालिकहरू खुसी भए र सरकारी निर्णयको प्रशंसा गरे । सो निर्णय पुराना गाडीका मालिकहरूलाई मन परेन । उनीहरू दुःखी हुँदै विरोधमा उत्रिए ।
पहिले ज्ञापनपत्र दिए, जुलुस निकाले, विरोध गोष्ठी गरे तर सरकारले वास्ता गरेन । उल्टै सुरक्षाकर्मीलाई सक्रिय पारेर दमन ग¥यो
सरकारको रबैया देखेर गाडी मालिकहरू आक्रोशित भए । विरोधका अन्य कार्यसँगै चक्काजाम गर्ने निर्णय भयो तर सरकार हो, सुशासनका लागि सडकको विरोध त रोक्नै प¥यो ।
निर्णयको परिणाम यस्तो भयो—
चक्काजामको कार्यक्रमद्वारा गाडी मालिकहरूले पुराना गाडी नचलाएर परोक्ष रूपमा सरकारी निर्णयको समर्थन र पालना गर्दै थिए । तर चक्काजामको कार्यक्रम असफल गराउने उद्देश्यले सरकारी पक्ष भने उनै पुराना गाडी चलाउन दबाब दिइरहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

