
नेताले चिया पिउँदै घरमा काम गर्ने केटालाई सोधे, ‘आज पनि पत्रिका आएन ?’
काम गर्ने केटाले बगैँचाको फूल गोड्दै जवाफ दियो, ‘आएन हजुर ।’
‘न्यूजवीक, हेराल्ड ट्रिव्युन, रिपब्लिका, सन, हिन्दू कुनै पनि पत्रिका आएका छैनन् ? ग्राहक बनेको म्याद पनि सकिएको छैन क्यारे ।’
‘त्यसो भए नेपाली पत्रिका ल्याउँ त हजुर ?’
‘भो, के हेर्नु नेपाली पत्रिका ! मलाई त नेपाली पत्रिका र पत्रकारप्रति नै विश्वास छैन ।’
त्यसपछि नेता फोनमै व्यस्त रहे ।
त्यति नै बेला आफूलाई पत्रकार बताउने व्यक्ति हातमा पत्रिकाको मूठो लिएर ढोकामा उभिए । नेताले इसाराले माथि बोलाए । जुन दिन ती पत्रकार र नेता अर्थात् उसको घरमालिकको भेट भएको थियो । त्यसको भोलिपल्ट नेताले नेपाली पत्रिका किन्न पठाएको घटना उसलाई याद भयो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ मंसिर २०८२, आईतवार 




